भरतपुर ,२१ चैत । निर्माणधिन अवस्थामानै आर्थीक अभावका कारण अलपत्र परेको गौतमबुद्ध अन्तराष्ट्रिय रङ्गशालाको स्वामित्व नेपाल सरकारले लिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले चितवनमा निर्माणाधिन रङ्गशालको स्वामित्व लिएर निर्माणकार्य अघि बढाउने निर्णय लिएको हो।
भरतपुर महानगरपालिकाले रंङ्गशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा ६ कट्ठा जग्गा उपलब्ध गराएको थियो। निर्माणको समयमा फाउन्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो।
धुर्मुस-सुन्तली फाउन्डेसनले चन्दा उठाएर सुरु गरेको रङ्गशालाको निर्माण कार्य २०७८ साल साउन २३ गतेबाट आर्थिक अभावका कारण निर्माण कार्य रोकिएको थियो। निर्माणको क्रममा उधारोमा खरिद गरिएका सामग्रीको रकम तिर्न नसकेपछि धुर्मुस-सुन्तली फाउण्डेशन रंगशाला निर्माणबाट पछि हटेको थियो। फाउण्डेशनले रंगशालाको स्वामित्व महानगरलाई हस्तान्तरण गरे पनि यसको बाँकी निर्माण कार्य कसरी अघि बढाउने भन्ने निर्क्यौल हुन सकेको थिएन।
विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउन्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ। फाउन्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको फाउन्डेशनले जनाउँदै आएको छ।
Discussion about this post