विजयगज दुई दिन देखि विरामी,पखला र जुका बाट तङ्ग्रिदै

खबर चितवन

खबर चितवन

काठमाडौँ,२० चैत । विजयगज दुई दिन देखि विरामी छ । उसलाई यति बेला पखला र जुका ले सताएको छ। निकुञ्ज का बरिष्ठ पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठ को टिम बिजय गजलाई स्वस्थ र फुर्तीलो बनाउन अहोरात्र खटिएका छन्। उसलाई आमा ले अपनाएकि छैन ।

आफ्नो आमाको कल्चौंडोमा ठुङ हान्दै चपचप दुध पिउने उसको अधिकार उसकै आमा ले छिनेकि छ । अन्य समय मा पनि सुत्केरी माउले आठ दश दिन बच्चा लाई नजिकै पर्न दिदैन, डा . श्रेष्ठ बताउँछन् ।

गण्डकी कलीले एक महिना हुदाँ पनि आफ्नो दुध दिएकी छैन। सामान्य प्राकृतिक तरिकाले नजन्मदा शल्यक्रिया गरि धर्ती मा आएको विजय गज बाँच्न को लागि शुरुवाती देखि नै संघर्ष गरिरहेको छ।

आमाले पेट बाट सजिलै बाहिर पठाउन सकिन। बडो साबधानी पुर्वक चिकित्सक को टिमले पछाडी को भाग चिरेर निकाले।तीन घण्टा को प्रयास पछि शल्यक्रिया सफल भयो। उ धर्ती मा आउँदा उसमा जीवन प्रकृया नै न्युन थियो ।

कृत्रिम श्वास दिएर उसको उसको जीवन लाइ गति दिन सक्दा आनन्द मनेका थिए डा. श्रेष्ठ सहित प्रकृति संरक्षण कोष सौराहा का डा.अमिर सडौला, विकल्प कार्की,दिनेश ढकाल, प्राबिधिक किरन रिजाल।

जब भोक लाग्छ हात्ती प्रजनन् केन्द्रका सुसारे उमकान्त चौधरीलाई सम्झन्छ विजय गज। चौधरी ले पाउडर दुध मा पानी मिलाएर घोल्छन र पियाइदिन्छन ।

एक महिनाको सुत्केरी गण्डकी कलीले बिजय बिरामी भएको थाहा पाएकी छैन। बिजय पखला र जुकाले लखतरान पर्दा आफ्नो रसाइ रहेको दुध दिन्थी होली नि। तर ऊ बेखबर जस्तै बनेकि छे।

उसमा मातृत्व देखिएकै छैन। हुन त ऊ पनि स्वस्थ छैन झण्डै एक फिट चिरेको घाउको दर्द सहेकै छ। उसका चार वटा खुट्टा बाँधेर पनि विजय लाई दुध खुवाउन सकिन्छ तर उ आँफै घाउको पिडामा छे। खुट्टा बाँध्न असम्भव छ अहिले।

पखला लागे पछि दुब्लो भएको छ बिजयगज। स्लाइन र औषधी ले गलेर पनि होला । तर बिस्तारै ऊ ठिक हुँदै गएको छ। अहिले दिनको बाह्र सय ग्राम पाउडर दुध खान्छ। छ महिना पछि अन्नप्राशन गरिन्छ ।

त्यसपछि खिर, दुध नियमित खान्छ । अन्न,उसिनेको चामल फलफुल खान पाए सँगै बिजयगजले संघर्ष लाई जित्ने छ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...