पुनम मगर,दिव्यनगर २० चैत । भरतपुर २६ मा सिलाइकटाई तालीम सुरु भएको छ । भरतपुर महानगर २६ को सहयोगमा लक्षित समुह शिप मुलक तथा आयमुलक क्षमता विकास कार्यक्रम समितिको आयोजनामा तिन महिने सिलाइ बुनाइ आधारभुत तालिम सुरु भएको छ ।
भरतपुर २६ का अध्यक्ष ज्ञान प्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । प्रमुख अतिथि खनालले आफु जनप्रतिनिधि हुदै गर्दाको ६ बर्षको समयमा सधै नै महिला लक्षित कार्यक्रमहरु वडा बासीको लागी लिएर आएको बताउनु भयो ।तर पनि आफ्नो उदेश्य पुरा हुन नसकेकोले दुख लागेको बताउनु भयो ।
महिला दिदिबहिनीले तालीमलाइ व्यबहारमा उतार्न सफल नभएको हुदा अबको दिनमा आफ्नो सिकाइलाइ व्यबहारमा परिणत गर्न सुझाव दिनु हुदै सम्पुर्ण प्रशिक्षार्थीलाइ शुभकामना दिनु भयो ।
भरतपुर २६ का जनप्रतिनिधि साबित्री कोइराला ढकालले विशेष गरि नारायणीको तटीय क्षेत्रमा बसोबास गर्दै आउनु भएको,आर्थिक अवस्था कमजोरी भएको दिदीबहिनीहरुलाइ लक्षीत गरेर सिलाइ बुनाइ तालीम ल्याएको बताउनु भयो ।
वडा सचीव राम कृष्ण ढकाल वडामा यस्ता खालका कार्यक्रमहरु धेरै नै आउने हुदा दिदिबहिनीहरु आफै नै जागरुक हुन जरुरी रहेको बताउनु हुदै यो पालि बजेट केहि कम भएकोले थोरैलाइ सिकाउन लागेको बताउनु हुदै सबैलाइ सिप सिकेर आत्मनिभर बन्न सुझाव दिनु भयो ।
कार्यक्रमका सभाअध्यक्ष जयसरा थापाले वडा बाट सहयोग भएकोमा वडा प्रति आभार प्रकट गर्नु हुदै सिप र सिकाइलाइ ध्यानमा राखेर समयलाइ खेर नफाली सिप सिक्न शुभकामना दिनु भयो ।
यो तिन महिनाको सिकाइको सफलता पछि फेरि अर्को लेबलको लागि समिती बाट नै केहि पहल हुने कुरा पनि बताउनु भयो । ५१ जना प्रशीक्षर्थी हरुलाइ ३ सिफटमा विभाजन गरि प्रशिक्षक रेखा महत्वले प्रशीक्षण दिदै हुनु हुन्छ । कार्यक्रममा जनप्रतिनिधि प्रकाश सुबेदि, सिता दर्जि,लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post