शारदानगर,२० चैत । पश्चिम चितवन सहिद भुमी भरतपुर महानगरपालिका-१९ बखानपुर,प्रस्तावित बखान मिनि रंगशाला,शारदानगर खेलमैदानमा युवा तथा खेलकुद विकास समिती,भरतपुर-१९ र शारदानगर भुतपुर्व सैनिक कल्याणकारी संस्था,भरतपुर-१९ को संयुक्त आयोजनामा सम्पन्न प्रथम बखान च्याम्पियन कपको उपाधी सेन्ट्रल कलेज रामपुर फुटबल क्ल्व रड्सले उचाल्न सफल भएको छ।
रामपुर रड्सले युवा तथा खेलकुद विकास समिती रत्ननगर नगरपालिका-७ पुर्वी चितवनलाइ ३ गोल गर्दै उपाधी चुमेको हो।प्रतियोगिताको च्याम्पियन हुने टोलिले नगद रु.१ लाख ११ हजार १ सय ११ सहित ट्रफी मेडल प्रमाणपत्र पाउन सफल रह्यो भने उपबिजेता टोलिले नगद रु.५५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र मात्र पाउन सफल रह्यो।
समापन कार्यक्रममा सहिद परिवारका सदस्य वरिष्ठ समाजसेवी चन्द्रध्वज गुरुङ रहनुभएको थियो।खेलको प्लेयर अफ दि म्यात्च रामपुर रड्सका धिरज तामाङ चुनिन सफल रहे।त्यसै गरि प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रडसका सरोज तामाङ,उत्कृष्ट डिफेन्डरमा रड्सका देभ गुरुङ,उत्कृष्ट फरवार्डमा रत्ननगरका भीष्म घिमिरे, उत्कृष्ट मिडफिल्डरमा रड्सका जितेश गुरुङ,उदयिमान खेलाडी आयोजक टोलिका मनु कुमाल,उत्कृष्ट कोच रडसका सिंह राज लामा,सर्वोत्कृष्ट गोलकर्ता भरतपुर-१८ का अभिषेक महत्तो र खेलको सर्वोत्कृष्ट खेलाडी रडसका बिक्की चाम्लिङ राई चुनिन सफल रहे।उत्कृष्ट बिधाका खेलाडीले जनही नगद रु.३ हजार सहित ट्रफी पाउन सफल रहे।
Discussion about this post