काठमाडौँ,२० चैत । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । भारतबाट भाउ घटेर आएपछि नेपालमा मूल्य समायोजन गर्न दबाब बढेपछि आज बसेको निगम सञ्चालक समिति बैठकले मूल्य कटौती गरेको बताइएको छ ।तर खाना पकाउने ग्यासको भाउ भने यथावत् राखेको छ।
निगमले प्रतिलिटर डिजेल‚ मट्टितेल र हवाई इन्धनमा १० रूपैयाँ र पेट्रोलमा ३ रूपैयाँ भाउ घटाएको छ।मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ । आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।
Post Views: 207
Discussion about this post