3pl Addiction Helpline America addictionhelplineamerica

इन्डियन प्रिमियर लिग : राजस्थान र आरसिबीको विजय सुरुवात

खबर चितवन

खबर चितवन

 

काठमाडौँ,२० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई हराउँदै राजस्थान रोयल्सले शानदार सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा गत सिजनको उपविजेता राजस्थान ७२ रनले विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले तीन खेलाडीको अर्धशतकको मद्दतले ५ विकेटको क्षतिमा २०३ रन बनायो । कप्तान सञ्जु स्याम्सनले ५५ तथा जस बट्लर र यसस्वी जैसवालले ५४–५४ रन बनाए । हैदराबादका लागि फजहल हक फारुकी र टी नटराजनले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको हैदराबादको सुरुवात निकै खराब रह्यो । बिना कुनै रन बनाउँदा टोलीले दुई विकेट गुमाएको थियो । अन्ततः टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि अब्दुल सामदले ३२ तथा मंयक अग्रवालले २७ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यस्तै हिजो रातीनै सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) ले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ।

रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) ले सानदार सुरुवात गरेको छ। बेंगलोरको घरेलु मैदानमा भएको खेलमा बेंगलोरका कप्तान फाफ डुप्लेसीस र विराट कोहलीले सानदार साझेदारी गरेपछि आरसिबीले मुम्बईले दिएको १७२ रनको लक्ष्य २२ बल बाँकी हुँदै २ विकेट गुमाएर पुरा गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले खराब सुरुवातका बाबजुत तिलक बर्माको ८४ रनको विष्फोटक इनिङमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रनको प्रतिस्पर्धात्मक स्कोर तयार गरेको थियो।

जवाफमा आरसिबीले सानदार सुरुवात गर्यो। डुप्लेसीस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेका थिए। डुप्लेसीस ४३ बलमा ७३ रनमा आउट हुँदा कोहली ४९ बल खेल्दै ८२ रनमा अविजित रहे। त्यस्तै ग्लेन म्याक्सवेल ३ बलमा १२ रन बनाएर अविजित फर्किएका थिए।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...