काठमाडौं,१९ चैत । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।धेरै ठाउँको मौसम अहिले सफा छ । धेरैजसो ठाउँमा अहिले घाम लागेको छ ।
तर, अहिले घाम लागे पनि दिउँसो भने बदली हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो र बेलुका पानी पर्ने सम्भावना छ ।
कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का रक्षणिक वर्षाको सम्भावना रहेको छ।तर हिजोअस्तिको जस्तो लगातार पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । हिजोभन्दा आज र आजभन्दा भोलि माैसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
Post Views: 249
Discussion about this post