मुग्लिन,१९ चैत । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना केबलकार टावर मर्मतसंभारका लागि चैत २२ गते बुधवार एक दिन बन्द हुने भएको छ । केबलकार टावरको मर्मतसंभार सकिएलगत्तै बिहीबारदेखि सेवा नियमित सुचारु हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
उक्त अवधिभरि केवलकार बटम स्टेसनमा रहेका रेस्टुरेन्ट सेवा भने यथावत रहनेछन्।कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नति गरेको छ । साथै यसबाट यात्रु महानुभावमा पर्न जाने असुविधाको लागि कम्पनी क्षमाप्राथी रहेको छ।
Post Views: 232
Discussion about this post