इन्डियन प्रिमियर लिग : लखनउको विजयी सुरुआत

खबर चितवन

खबर चितवन

इन्डियन प्रिमियर लिग(आइपिएल) मा दोस्रो दिनको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सले जितेकाे छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको हो ।

लखनउको घरेलु मैदानमा भएको खेलमा लखनउले दिएको १९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनायो । दिल्लीका लागि कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए भने राईली रुसोले ३० रन जोडे ।

लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले २/२ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। लखनउका लागि ओपनर कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए ।

निकोलस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन जोडे । आयुष बदोनीले ७ बलमा १८ रन बनाए ।दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले दुई/दुई तथा अक्षर पटेल र कुलदिप यादवले समान एक/एक विकेट लिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...