काठमाडौं,१८ चैत । राज्यको उच्च पदमा पुग्नेहरु शपथग्रहणपछि कोही शहीदका मूर्तिमा माला लगाउन पुग्छन्, कोही मन्दिर, मस्जिद इत्यादिमा आस्था जताउन पुग्छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ भने मन्त्री बन्नेबित्तिकै कैदी पति रेशम चौधरी भेट्न जेलमा पुगिन् ।
शुक्रबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा अरु मन्त्रीहरुसँगै रञ्जिताले पनि शपथ लिइन् । लगत्तै उनी डिल्लीबजार कारागार पुगिन, जहाँ पार्टीका संरक्षक समेत रहेका श्रीमान् रेशम चौधरी छन्। टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरी लामो समयदेखि डिल्लीबजार कारागारमा छन्।
रञ्जिता शुक्रबार विस्तारित मन्त्रिपरिषदमा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त भएकी छन् । चार सांसद भएको नाउपाले सत्ता गठबन्धनको भागबण्डामा एक मन्त्रालय पाएको थियो, जसमा रञ्जिता आफैं गइन् ।
Post Views: 239
Discussion about this post