नेकपा एमाले रत्ननगरद्वारा ट्राफिक सचेतना

खबर चितवन

खबर चितवन

रत्ननगर,१८ चैत । दुर्घटना न्यूनीकरण गर्न रत्ननगरमा ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रत्ननगरका मुख्य बजार क्षेत्रमा शनिवार ट्राफिक सचेतना गरिएको हो ।

मिसन ग्रासरुट पार्टी शुद्धिकरण तथा विस्तारित अभियान २०७९ अन्र्तगत नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर वडा नं. १ वडा कमिटीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय रत्ननगरको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
वडा नं. १ वडा कमिटीका अध्यक्ष दोवराज खत्रीको आयोजनामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य शम्भु सुवेदी प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथिसुवेदीले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्ने बताएका थिए । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने उनको धारणा थियो ।

एमाले पार्टीको केन्द्रीय सल्लाहकार महादेवी खतिवडाले नेकपा एमालले हरेक क्षेत्रमा जनताको बिचमा यस्ता मत्वपूर्ण कार्यहरु गरिरहेको बताईन् । यस्तो खालका कार्यक्रम समय–समयमा हुनुपर्नेमा उनको कथन छ ।

एमाले जिल्ला कमिटी सदस्य तथा वडा नं. १ की ईन्चार्ज विमला देवी दुवडीले रत्ननगरमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने उनले बताइन् ।

एमाले रत्ननगर नगर कमिटीका अध्यक्ष ईश्वरी प्रसाद अर्यालले सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको बताए ।
यस कार्यक्रमले दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने उनको विश्वास छ । रत्ननगरको ट्राफिक सचेतना कार्यक्रम कोसेढुङ्गा साबित हुने बताए ।
एमाले जिल्ला कमिटी सदस्य तथा रत्ननगर वडा नं. १ का सहईन्चार्ज शंकर गिरीले सडक बमोजिमको गति, ट्राफिक चिन्ह, सडक रेखा, दुर्घटनाका कारण, सुरक्षित दुरी लगायतका बिषयमा सचेतना कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य यादव प्रसाद पाठक, पार्टी जिल्ला लेखा आयोगकी सदस्य संगिता खनाल, अनेम संघ जिल्ला सचिवालय सदस्य नगरईन्चार्ज विष्णु नेपाल आचार्य, नगर कमिटी उपाध्यक्ष पुष्पराज जोशी, उप सचिव सागर मिश्र, सदस्य शालिग्राम पराजुली, रितु गिरी, वडा नं. २ का वडा कमिटी अध्यक्ष रविन्द्र दुवाडी, पार्टीका विभिन्न वडा तहका नेताहरुको उपस्थिती थियो ।
सो अवसरमा नेकपा (एमाले) पार्टी कार्यालय रत्ननगरमा १७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...