देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको रुपमा रास्वपा उदाउनेछ : रवि लामिछाने

खबर चितवन

खबर चितवन

काठमाडौं,१८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको रुपमा उदाउने दाबी गरेका छन्।

शनिबार पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले रास्वपा चाँडै नै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको रुपमा उदाउने बताएका हुन्।

‘रास्वपा देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ। यो संकेतको जनाउ घण्टी मात्रै हो,’ उनले भने।

यस्तै रास्वपाका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन् ।वाग्लेले आफूले कदाचित चुनाव हारेपनि रास्वपा नछाड्ने बताएका हुन् ।

‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ । म फेरि नेपाली कांग्रेसमा फर्किन्न । मेरो पछाडि फर्किने बानी छैन । गण्डकी प्रदेशको पानी खाएको छु,’ उनले भने ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...