3pl Addiction Helpline America addictionhelplineamerica

इण्डियन प्रिमियर लिग : पञ्जाब किंग्सको विजयी सुरुवात

खबर चितवन

खबर चितवन

काठमाडौं,१८ चैत । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा पञ्जाबले कोलकोता नाइट राइडर्सलाई डक वर्थ लुइस नियम अनुसार ७ रनले पराजित गरेको हो ।

मोहालीमा टस हारेपछि पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९१ रन बनाएको थियो । जवाफमा कोलकाताले १६ ओभरमा सात विकेट गुमाएर १४६ रन बनाउँदा वर्षा भयो । त्यसपछि खेल सञ्चालन हुन सकेन र पन्जाबले सात रनको रोमाञ्चक जित दर्ता गर्‍यो ।

पञ्जाबका लागि भानुका राजपक्षेले ५० रन बनाए भने कप्तान शिखर धवनले ४०, साम करणले अविजित २६ रन बनाएका थिए । त्यस्तै, ओपनर प्रभिसिमरन सिंहले २३, जितेस शर्माले २१, सिकन्दर राजाले १६ रन र शाहरुख खानले अविजित ११ रन बनाए । कोलकाताका टिम साउदीले दुई विकेट लिए । उमेश यादव, सुनील नारिन र वरुन चक्रवर्तीले समान एक विकेट लिए ।

१९२ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताका आन्द्रे रसेलले ३५ रन बनाए । भेन्कटेस ऐयरले ३४, कप्तान नितिश रानाले २४ र रहमनुल्लाह गुर्बजले २२ रनको योगदान गरे ।पन्जाबका अर्शदीप सिंहले तीन विकेट लिए । साम करन, नाथन एलिस, सिकन्दर राजा र राहुल चहरले समान एक विकेट लिए ।

 

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...