काठमाडौं,१८ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) अर्तरगत हिजो राती सम्पन्न खेल मा चेन्नइ सुपर किंग्सलाई ५ विकेटले हराउँदै गुजरात टाइटन्सले प्रतियोगिताको सुखद सुरुवात गरेको छ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियमको उद्घाटन खेलमा टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १९।२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
सुरुवाती ब्याटिङ उत्रिएको चेन्नइका ओपनर डेभोन कोन्वे एक रन बनाएर आउट हुँदा अर्का ओपनर ऋतुराज गाइक्वडले उत्कृष्ट इन्निङ्स खेल्दै ५० बलमा ९२ रन बनाए। त्यस्तै मोइन अलीले २३ रन तथा शिवम दुबेले १९ रन बनाउँदा कप्तान महेन्द्रसिंह धोन १४ रनमा अविजित रहे।
बलिङतर्फ गुजरातका लागि मोहम्मद शामी, राशिद खान र अल्जरी जोशेफले समान २ विकेट लिँदा जोस लिट्टलले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गुजरातका ओपनर शुभमन गिलले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६३ रन बनाउँदा विजय शंकरले २७ रन बनाए। त्यस्तै ऋद्दिमान साहले २५ रन बनाउँदा साइ सुदर्शन २२ रन बनाएर आउट भए। राहुल तेवातिया १५ र राशिद खान १० रनमा अविजित रहे।
चेन्नइका लागि राजवर्धन हङगरगेकरले सर्वाधिक ३ विकेट लिँदा तुसारदेश पाण्डे र रवीन्द्र जडेजाले समान १ विकेट लिए।
Discussion about this post