3pl

४२ लाखको लागतमा गुन्जनगर ग्रीन पार्क बन्ने,भरतपुर प्रमुख दाहालद्वारा शिलन्यास

खबर चितवन

खबर चितवन

 महेन्द्र महतो गुन्जनगर,१७ चैत । भरतपुर महानगरपालिका वडा न.१८ मा रहेको हाटबजार नजिकैको जग्गामा आज एक कार्यक्रमका बिच गुन्जनगर ग्रीन पार्कको शिलन्यास गरिएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र वडा न.१८ का वडाअध्यक्ष बाबुराम रानाको सयुक्त उपस्थितिमा ग्रीन पार्कको शिलन्यास भएको हो ।

May be an image of 6 people, people standing and outdoors

कार्यक्रममा बोल्नुहुदै प्रमुख दाहालले वडाअध्यक्ष को पहलमा र महानगरका साथीहरूको तत्परतामा ४२ लाखको बजेट निकासी भएर ग्रीन पार्क बन्न लागेको बताउनु भयो र पार्क २०८१ साल सम्म निर्माण गरिसक्ने लक्ष्य राखिएको पनि बताउनु भयो।

यस्तै भरतपुर महानगरपालिका वडा न. १९ र २० को सिमानामा रहेको रानीपोखरी पार्क(बाटो र बाध) सहित, वडा न.६ मा रहेको लक्ष्मी नारायण पार्क र मन्दिर १०/१० करोड को लागतमा र वडा न. २४ मा देवीस्थान पार्क,वडा न. २७ र १२ मा राइनो पार्क निर्माण हुन लागेको बताउनु भयो। एक वडा एक पार्क बनाउने महानगरको नीति रहेको जानकारी दिनु भयो ।

May be an image of 5 people and people standing

यस्तै कार्यक्रममा बोल्दै वडाअध्यक्ष बाबुराम रानाले आफुले बर्षै देखि देखेको सपना आज आएर ग्रीन पार्कको शिलन्यास गर्न पाउदा आफू र आफ्नो वडाले निकै गर्व गरेको बताउनु भयो ।

वडामा निर्माण हुन बाकी सडकको स्तोरउन्नती, किसान लाई लक्षित गरेर निर्माण गर्न लागिएको डिपबाेरिङको काम र विशेष महिलारुपी कार्यक्रमहरु वडाले गर्ने र यसमा महानगरले सहजीकरण गरिदिन प्रमुख दाहाललाई वडाअध्यक्षले आग्रह गर्नु भयो ।

May be an image of 3 people, people standing, people sitting and outdoors

कार्यक्रममा वडा सदस्य दिलु गजमेरले स्वागत मतब्य राख्नु भएको थियो भने जिल्ला समन्वय समितिका सदस्य कृष्ण भक्त भट्टराई र वडा सदस्य लक्ष्मी अधिकारीले शुभकामना मतब्य राख्नुभएको थियो ।

May be an image of 3 people, people standing and outdoors

प्रमुख अतिथि भरतपुर महानगरपालिका कि प्रमुख रेनु दाहाल रहेको कार्यक्रमको सभाअध्यक्ष भरतपुर महानगरपालिका वडा न.१८ का वडाअध्यक्ष बाबुराम रानाले गर्नु भएको थियो भने कार्यक्रममा समाजसेवी बिष्णु ढकाल लगायत वडा प्रतिनिधि,टाेल विकास समितिका प्रतिनिधि,विभिन्न आमा समुहहरु लगायतको उपस्थिति रहेको कार्यक्रमलाई वडा सचिब पुर्ण गुरुङले सहजीकरण गर्नुभएको थियो ।

May be an image of 6 people, people standing, people sitting and outdoors

यस्तै प्रमुख दाहालले आज नै गुन्जनगरमा रहेको श्री परमानन्द स्मृति वैदिक विद्याभवन गुरुकुल को अवलोकन गर्नु भएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...