२०७९ चैत १७ गते, शुक्रवार, ३१ मार्च २०२३। चैत्र शुक्लपक्ष दशमी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चन्द्रमाको गोचर आज तपाईंको राशिबाट चतुर्थ भावमा रहने भएकाले अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बृष राशिबाट आज चन्द्रमाको गोचर तृतीय भावमा रहने भएकाले दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन-दिन सकिने दिन छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जागर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशिका लागि आज जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ भने भोलिदेखि टाढाबाट धन प्राप्ति, धार्मिक कार्यमा मन जान सक्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कर्कट राशिबाट चन्द्रमाको गोचर प्रथम भाव अर्थात् कर्कट राशिमा नै रहने भएकाले पारिवारिक भेटघाटको समय छ । आज आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन् । आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । परिवारका सदस्य, निकटतम कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर राशिबाट बाह्रौं रहने भएकाले रहने भएकाले समय सामान्य रहन सक्छ। आज मन चञ्चल हुन सक्ने, मानसिक तनाव हुने, गर्न खोजेका काममा रोकावट आउने, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ कामको थालनीका लागि पनि आज राम्रो छैन । शरीरमा चोटपटक लाग्ने सम्भावना पनि छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि भएकाहरूका लागि एकादश गोचरको चन्द्रमाको शुभ प्रभावले आज समय राम्रो रहनेछ । आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज चन्द्रमा ग्रहको दशम गोचरको शुभ प्रभावले गर्दा तुला राशि व्यक्तिहरुको लागि समय राम्रो छ । शेयर बजारबाट लाभ मिल्न सक्छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ। स्वास्थ्य पनि आज राम्रो रहन सक्छ र काम गर्ने उत्साह बढ्न सक्छ ।व्यवसायबाट राम्रो लाभ लिन सक्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा ग्रहको गोचर वृश्चिक राशिबाट नवम स्थानमा रहने भएकाले समय मध्यम छ। सामाजिक तथा धार्मिक क्षेत्रमा गरिएका कामहरु सफल हुनेछन्। नयाँ काम सुरु नगरे पनि पहिले गरिएका कामहरु सफल हुन सक्छन्। पढाईमा मन लाग्न सक्छ। शेयर बजारबाट सामान्य लाभ लिन सकिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिबाट चन्द्रमाको गोचर आज अष्टम भावमा रहने भएकाले सिंह राशिका व्यक्तिहरुलाई आज समय त्यति राम्रो छैन। मानसिक चिन्ता बढ्नेछ । तिरस्कार तथा अपमान सहनुपर्ने हुन सक्छ। साथीभाई तथा आफन्तबाट असहयोग हुन सक्छ। आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सप्तम भावमा रहने भएकाले अरुको सहयोगबाट महत्वपूर्ण काम सम्पादन गर्न सकिन्छ। उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमबाट राम्रो लाभ पाइने समय । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पढाईमा राम्रो प्रगति हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चन्द्रमाको गोचर आज तपाईंको राशिबाट षष्ठ भावमा रहने भएकाले आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमजीवन सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चन्द्रमाको पञ्चम गोचरले आज मीन राशिका व्यक्तिहरु बौद्धिक प्रतिस्पर्धामा विजयी हुनेछन् । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबडी हुन सक्नेछ । स्वास्थ्य सामान्य रहन सक्छ। विद्यार्थीले पढाईमा राम्रो प्रगति गर्ने समय छ।
Discussion about this post