काठमाडौँ,१७ चैत । साताको अन्तिम कारोबारको दिन सुन एक हजार रुपैयाँले बढेको छ । बिहिबार १ लाख ८ हजार २ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन शुक्रबार भने १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला एक एक लाख ८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला २५ रूपैयाँ बढेर एक हजार ४ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Post Views: 221
Discussion about this post