शारदानगर,१७ चैत । भरतपुर महानगरपालिका-१९ मा रहेको प्रस्तावित बखान मिनि रंगशाला,शारदानगर खेलमैदानमा जारी प्रथम बखान च्याम्पियन कपको क्वाटरफाइनलका खेलहरु आजदेखी सम्पन्न भएको छ ।
च्याम्पियन कपको अन्तिम क्वाटरफाइनल खेलमा युवा तथा खेलकुद विकास समिती भरतपुर-१८ ले ८ गोल गरि एकता युवा समाज भरतपुर-१६ को टोलिलाइ प्रतियोगिताबाट पाखा लगाएको हो। युवा तथा खेलकुद बिकास समिती,भरतपुर-१९ र शारदानगर भुतपुर्व सैनिक कल्याणकारी सस्था भरतपुर-१९ को आयोजनामा भएको प्रतियोगिता चैत्र २० गते सम्म संचालन हुनेछ ।
खेल अवधीभर उत्कृष्ट खेल प्रदर्शन संगै एक ह्याट्रीक गोल र दुई एसिस्ट गरेका भरतपुर १८ का सुनिल राना मगर खेलको प्येयर अफ दि म्यात्च चुनिए। खेलमा भरतपुर -१८ का लागि एक ह्याट्रीक सहित थप २ गोल भने अभिषेक चौधरिले गरेका हुन् ।
प्रतियोगिताको च्याम्पियन हुने टोलिले नगद रु.१ लाख ११ हजार १ सय ११ सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छ्न भने उपबिजेता टोलि नगद रु.५५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र मात्र पाउने छन्। १८ गते प्रतियोगिताको दुई सेमिफाइनल खेल हुनेछ्न्।
Discussion about this post