भरतपुर अस्पताल क्षेत्रमा गुट्खा निषेध

खबर चितवन

खबर चितवन

चितवन,१६ चैत । चितवनको भरतपुर अस्पताल क्षेत्रमा गुट्खा निषेध गरिएको छ । अस्पतालले बुधबार सूचना जारी गर्दै अस्पताल परिसर क्षेत्रमा धुम्रपान तथा मद्यपान निषेधित क्षेत्र भएको भन्दै गुट्खा,चुरोट,पराग, बिडी र खैनी जस्ता सूर्तिजन्य पदार्थ तथा मादक पदार्थ बिक्रीवितरण तथा सेवन नगर्न भनेको छ ।

यदि कसैले अटेर गरेर सूर्तिजन्य पदार्त बिक्री वितरण सेवन गरेको पाइएमा कारवाही गर्ने अस्पतालले जनाएको छ । भरतपुर अस्पताल प्रशासनले सेवन गरेको पाइएमा एक हजार र बिक्री वितरण गरेको पाइएमा पाँच हजार जरिवाना गर्ने सूचना मार्फत जानकारी गराएको छ । अस्पतालले कडाइका साथ कार्यान्वयन गर्नका लागि सुरक्षा गार्ड कर्मचारी परिचालन गर्ने जनाएको छ ।

‘अस्पतालमा नियमित हुने सरसफाईका क्रममा सबैभन्दा बढि फोहोर गुट्खाका कागज भेटियो,अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भन्नुभयो,‘गुट्खाको खोल सरसफाईमा चुनौती बनेपछि निषेध गरेका हौं ।’

उहाँले हरेक शनिवार अस्पताल परिसरको क्षेत्र सरसफाई हुने गरेको भन्दै त्यसमा सहभागि हुन सबैलाई आब्हान गर्नुभयो । अस्पताल छेउछाउका पसलहरुले समेत लुकाइछिपाइ सूर्तिजज्य पदार्थ बिक्रीवितरण गरेको पाइएको भन्दै उहाँले पत्राचार गरेरै बिक्री नगर्न भनेको बताउनुभयो । भरतपुर अस्पतालमा दैनिक १२ देखि १४ सयसम्म विरामी आउने गरेका छन् ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...