भरतपुर,१६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गरेका छन् ।उक्त भवन भ्याटबाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण पूरा हुनेछ। २०७९ चैत ६ गते निर्माण सम्झौता भएइको थियो।
टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने भनिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुरसहित विराटनगर र नेपालगञ्जमा पनि चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण गर्ने जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल भवन बनाउन लागेको छ।प्राधिकरणले चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो।तराईका अधिकांश विमानस्थलमा एटीआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन। एटीआर ४२ र ट्विवनअटर जहाजले उडान र अवतरण गर्दै आएका छन्।
Discussion about this post