3pl Addiction Helpline America addictionhelplineamerica

पेटभित्र रक्सीको बोतल भेटिएका युवक अस्पतालबाट डिस्चार्ज

खबर चितवन

खबर चितवन

 भरतपुर,१६ चैत ।  साथीहरुले मलद्वारबाट रक्सिको बोतल छिराइदिएपछि गम्भीर अवस्थामा पुगेका गुजरा नगरपालिकाका-९, रौतहटका नुर्साद मन्सुरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।डिचार्ज हुनु अघि कुरा गर्दै मन्सुरीले भने, “यति असह्य पीडा भयो कि बरु मर्न पाए आनन्द हुन्थ्यो होला जस्तो लागेको थियो ।”

उनले सिएमएसका डा.नारायण बेलबासे आफूलाई मृत्युको मुखबाट बचाएको भन्दै आफ्ना लागि भगवान् भएको बताए । उनले भने,  “मेरो लागि डा. नारायण सर भगवान् कै रूप थियो ।

मदिराको सुरमा बोतल नै खाएपछि अस्पताल आउँदा बोतलको आधा भाग पेटभित्र र आधा भाग ठूलो आन्द्राभित्रै रहेको थियो ।  बोतलको टुप्पो आन्द्रा फुटालेर बाहिर निस्किएको थियो। पेटभित्र दिसा फैलिएर आन्द्राहरू सबै सुन्निइसकेका थिए।  डा. बेलबासेको टिमले पेटभित्रको बोतल अपरेसन गरेर निकालेको थियो ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट रक्सिको बोतल निकालेका थिए । उनी आफैं हिँडेर घर फर्किने अवस्थामा पुगेपछि बुधबार डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. राजेश यादवले बताए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...