3pl Addiction Helpline America addictionhelplineamerica

दाङबाट काठमाडौं उडेको सीता एयरको जहाज नेपालगन्जमा अवतरण

खबर चितवन

खबर चितवन

दाङ,१६ चैत । दाङको टरिगाउँबाट काठमाडौंका लागि उडेको सीता एयरले नेपालगन्जमा लगेर यात्रुलाई अलपत्र पारेको छ । बिहान ११ बजे टरिगाउँ एयरपोर्टबाट काठमाडौंका लागि उडान भरेको सीता एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण भएपछि यात्रु र विमानका कर्मचारीबीच केहीबेर भनाभन भएको थियो ।

विमानमा चढेका तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकृत झरेन्द्र खरेलले रुट फरक परेपछि नजिकै रहेकी एयरहोस्टेसलाई कहाँ लग्न लागेको भनी सोधपुछ गर्दा नेपालगञ्ज जान लागेको जानकारी  दिएको उनले बताए।

‘साढे १ बजे भनेर मंगलबार टिकट काटेकी थिएँ, त्यहीदिन साँझ नै बुधबारका लागि बिहान ९ बजे विमानस्थलमा आउनुहोला भन्ने खबर आयो,’ घोराही रतनपुर निवासी यात्रु लक्ष्मी पहराईले निन्, ‘९ बजे विमानस्थल पुगेपछि ११ बजे जहाज काठमाडौंका लागि उड्यो, ११ बजेर १५ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण भयो ।’

१२ जना यात्रु लिएर उडेको जहाज सवा ११ बजे नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो । सीता एयरका क्षेत्रीय निर्देशक विनोद मिश्रसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

पूर्व जानकारी बिना यसरी नेपालगञ्ज लगिनु धेरै नै लापरबाही भएको खरेलको भनाइ छ। नेपालगञ्जको राँझा एयरपोर्टमा अलपत्र अवस्थामा यात्रुहरू छोडेपछि केही समयपछिको भनाभनपछि कोही बुद्ध एयर र कोही श्री एयरबाट काठमाडौं गएको उनले बताए।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...