काठमाडौं,१६ चैत । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । ३०० पीसीआर परीक्षण गर्दा ३७ जनामा र ६१५ एन्टिजेन परीक्षण गर्दा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चैत १५ गते मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, पछिल्लो ६ दिनमा ३४ जनामा संक्रमण भेटिएको थियो। एक साताअघिसम्म दैनिक संक्रमितको सङ्ख्या दुई जनाको हाराहारीमा थियो। तर, पछिल्लो सात दिनमा दैनिक संक्रमित हुनेको सङ्ख्या १९० पुगेको मन्त्रालयले जनाएको छ।
Post Views: 481
Discussion about this post