काठमाडौँ,१५ चैत । यशराज फिल्म्सको महत्वाकांक्षी फिल्म बताइएको ‘टाइगर भर्सेस पठान’को छायांकन आगामी वर्षको जनवरीदेखि सुरु हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको शीर्ष भूमिकामा सलमान खान र शाहरुख खान देखिनेछन् । बलिउडका यी दुई स्टारले सन् १९९५ को फिल्म ‘करण अर्जुन’मा सहकार्य गरेका थिए ।
यशराजले यो फिल्मलाई लिएर अहिले नै विस्तृत बताएको छैन । व्यापक ढंगमा फिल्मको घोषणा गर्ने उसको तयारी छ । तर यो स्पाइ युनिभर्स ‘टाइगर भर्सेस पठान’को काम सुरु भइसकेको छ । फिल्मलाई आगामी जनवरी २०२४ मा रिलिज गर्ने योजना छ । हालै रिलिज भएको ‘पठान’मा पनि सलमानको विशेष भूमिका थियो ।
Post Views: 206
Discussion about this post