शारदानगर,१५ चैत । भरतपुर महानगरपालिका-१९ मा रहेको प्रस्तावित बखान मिनि रंगशाला,शारदानगर खेलमैदानमा आज दुई ओटा पहिलो चरणको खेल सम्पन्न भएको छ।प्रथम बखान च्याम्पियन कपको दोस्रो दिनको पहिलो खेलमा युवा तथा खेलकुद बिकास समिति रत्ननगर नगरपालिका -७ ले १ गोल गरि स्टार स्पोर्ट्स युथ क्ल्व माडी नगरपालिका-१ बरुवाको टोलिलाइ पाखा लगाएको हो।
युवा तथा खेलकुद बिकास समिती,भरतपुर-१९ र शारदानगर भुतपुर्व सनिक कल्याणकारी सस्था भरतपुर-१९ को आयोजनामा भएको प्रतियोगिता चैत्र २० गते सम्म संचालन हुने छ। खेल अवधीभर उत्कृष्ट खेल प्रदर्शन गरेका भीष्म क्षेत्रीले खेलको २५ औ मिनेटमा निर्णायक गोल गरे।निर्णायक गोल गरेका भीष्म क्षेत्री खेलको प्येयर अफ दि म्यात्च चुनिए। प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा भने एकता युवा समाज भरतपुर-१६ ले १ गोल गर्दै नारायणी मोटर्स युनिक एफ.सि. को टोलिलाइ प्रतियोगिताबाट पाखा लगाएको हो।
समाजका लागि उत्कृष्ट खेल प्रदर्शन गरेका प्रयास तामाङ खेलको प्ल्येयर अफ दि म्यात्च चुनिन सफल रहे। प्रतियोगिताको च्याम्पियन हुने टोलिले नगद रु.१ लाख ११ हजार १ सय ११ सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छ्न भने उपबिजेता टोलि नगद रु.५५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र मात्र पाउने छन्। प्रतियोगिताको पाचौं खेल र दोस्रो चरणको पहिलो खेल १६ गते हुने भएको छ।
Discussion about this post