3pl Addiction Helpline America addictionhelplineamerica

तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

खबर चितवन

खबर चितवन

चितवन,१५ चैत । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२/०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५/७६ देखि हालसम्मका विद्यार्थीलाई भोलि बिहीबार दीक्षित गर्न लागेको हो ।विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थीहरु दीक्षित हुनेछन् ।स्नताक तहमा कृषिबाट चार सय ६८, वनबाट एक सय ३६, पशुचिकित्साबाट एक सय पाँच, मत्स्य विज्ञानबाट २३ जना गरी ७३२ जना दीक्षित हुनेछन् ।

स्नताक तहमा कृषिबाट चार सय ६८, वनबाट एक सय ३६, पशुचिकित्साबाट एक सय पाँच, मत्स्य विज्ञानबाट २३ जना गरी ७३२ जना दीक्षित हुनेछन् । स्नातकोत्तर तहमा कृषिबाट एक सय ८९, वन विज्ञानबाट ६१, पशुविज्ञानबाट २७, पशु चिकित्साबाट ४९ र मत्स्य विज्ञानबाट १० गरी तीन सय ३६ र विद्यावारिधिअन्तर्गत कृषि सङ्कायतर्फबाट विभिन्न विधाका गरी १५ र पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा दुई गरी १७ विद्यार्थी दीक्षित हुने उहाँले जानकारी दिए ।

दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले र प्रमुख अतिथि भारतका डा वाईएस पारमर विश्विद्यालयका उपकुलपति (भाईचान्सलर) प्रा डा राजेश्वर सिंह चण्डाल रहनेछन् । दीक्षान्त समारोहमा तीन वटै सङ्कायमा सर्वाधिक अङ्क प्राप्त गरी सङ्काय प्रथम हुने विद्यालयलाई उपकुलपति पदक र सर्वाधिक अङ्क ल्याउनेमध्ये सर्वाेत्कृष्ठ अङ्क ल्याई विश्वविद्यालय सर्वप्रथम हुने एक/एक जनालाई कुलपति पदक प्रदान गरिने उनले बताए ।

विसं २०६९ बाट सुरु भएको हाल स्नातक तहमा नौ सय ३४ र वन विज्ञान सङ्कायमा एक सय ८९ विद्यार्थी अध्ययनरत रहेका छन् । विश्वविद्यालयअन्तर्गत विभिन्न सङ्काय र कलेजमा यस वर्ष स्नातक कार्यक्रममा सात सय २८, स्नातकोत्तरमा दुई सय ३० र विद्यावारिधी कार्यक्रममा १४ विद्यार्थी भर्ना भएका छन् । हालसम्म विश्वविद्यालयमा चार हजार नौ सय ४५ विद्यार्थी अध्ययन रहेका छन् । रासस

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...