काठमाडौँ,१४ चैत । आज पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आज एक हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य झरेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले नै घट्दै एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घट्दै एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Post Views: 10
Post Views: 737
Discussion about this post