काठमाडौँ,१४ चैत । सरकारले मिटरब्याजीको समस्यालाई समाधान गर्न कानुन संशोधन गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दियो ।
मिटरब्याजीपीडितहरु मिटरब्याजीलाई कारबाहीको माग गर्दै काठमाडौंमा आन्दोलनरत छन् । सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर सजाय गर्न कानुनमा सम्बोधन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक मनहरि तिमिल्सिनाले भने, ‘आजको मन्त्रिपरिषद बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।’
Post Views: 157
Discussion about this post