काठमाडौँ,१४ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवक प्रतिव्यक्ति पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
गत मंगलबार बानेश्वरस्थित एक कार्यक्रममा सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवी पाण्डे खत्रीका अनुसार अघिल्लो साता पक्राउ परेका तीनैजनाले प्रशासनमा धरौटीबापतको रकम बुझाएर रिहा भएका हुन् ।
Post Views: 134
Discussion about this post