3pl Addiction Helpline America addictionhelplineamerica

पशु चौपायमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान चितवनमा सुरु

खबर चितवन

खबर चितवन

चितवन,१४ चैत । चितवन जिल्लामा पशु चौपायमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ । यहाँका सात पालिकामा एकैपटक अभियान सुरु गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका सूचना अधिकारी डा. प्रभात न्यौपानेका अनुसार जिल्लाका सबै पालिकामा अभियानका लागि आवश्यक सामग्री पठाइसकिएको छ । सातवटै पालिकाले खोप लगाउन सुरु गरेको उनले बताए । पहिलो चरणमा ५५ हजार डोज खोप सात पालिकामा पठाइएको उनले जानकारी दिए ।

गाई, भैँसी, बङ्गुर, बाख्रा र भेँडामा यो रोग देखिने गरेको उनले बताए । ती पशु चौपायमा खोरेत विरुद्धको खोप लगाइने उनको भनाइ छ । यीमध्ये गाई भैँसीमा बढी सङ्ख्यामा खोरेतको समस्या देखिने गरेको छ ।

खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिँजा र जिब्रोमा स–साना फोका आउने, खुट्टाको खुरको कापमासमेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले ¥याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिने जस्ता लक्ष्यण देखापर्ने उनले बताए ।

रोग लागेमा मुखको घाउमा पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उनले सुझाव दिए । निलो तुथोले घाउ सफा गर्ने, घाउमा अन्य जीवाणु प्रवेश गरी थप सङ्क्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेत विरुद्धको खोप लगाउने गर्नुपर्ने न्यौपानेले बताए ।

यही अभियानका क्रममा जिल्लाका दुईवटा वडामा खोरेत रोगमुक्त कार्यक्रमसमेत सुरु गरिएको उनले जानकारी दिए । भरतपुर महानगरपालिका वडा नं ६ र रत्ननगर नगरपालिका–१२ मा कार्यक्रम सुरु गरिएको हो । दुई पालिकाका दुईवटा वडामा कार्यक्रम सञ्चालनका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ । दुई वडामा १० हजार डोज खोरेतविरुद्धको भ्याक्सिन लगाइनेछ । रासस

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...