काठमाडौँ,१४ चैत । पछिल्लो २४ घन्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरबाट १४२९ नमूना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै आज ३ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ७८ पुगेको छ। केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
Post Views: 710
Discussion about this post