3pl

हेर्नुहोस २०७९ चैत १३ गते सोमबारको राशिफल

खबर चितवन

खबर चितवन

२०७९ चैत १३ गते, साेमवार, २७ मार्च २०२३। चैत्र शुक्लपक्ष षष्ठी तिथि, १९ः५६ बजेपछि सप्तमी। राेहिणी नक्षत्र, १७ः५६ बजेउप्रान्त मृगशिरा। चन्द्रराशि– वृष।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ। आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला। पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको प्रथम गोचरको शुभ फल प्राप्त हुने भएकाले आत्मबल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै रोकिएका कामहरु बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । पढाईको क्षेत्र राम्रो छ भने शेयर बजारबाट पनि लाभ लिन सकिने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । चन्द्र ग्रह तपाईंको राशिबाट द्वादश स्थानमा गोचर गर्ने भएकाले स्वास्थ्य कमजोर रहन सक्ने, शत्रुहरु आफुभन्दा बलवान् हुने, खर्चको मात्रा बढ्ने, काममा ढिलासुस्ती हुने तथा अनावश्यक विवाद हुन सक्ने भएकाले सचेत हुनुपर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि समय शुभ रहेको छ। चन्द्र ग्रह गोचरमा लाभस्थानमा रहने भएकाले आयआर्जन बढ्ने, रोकिएको धन प्राप्त हुन सक्ने, नयाँ लगानीको वातावरण बन्न सक्ने, परिवारको साथ रमाइलो गर्न सकिने, स्वास्थ्य पनि अनुकुल रहने समय छ। शेयर बजारबाट पनि लाभ लिन सकिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंहका लागि आज दिन राम्रो रहेको छ । चन्द्र ग्रहको गोचर कर्मस्थानमा भएकाले कामबाट सन्तुष्टि र मानसिक तनाव कम हुनेछ। रोकिएका कार्यहरु सफल हुनुका साथै नयाँ कार्यको थालनीको लागि समय शुभ छ। आर्थिक क्षेत्र सबल रहनेछ। पारिवारिक वातावरण आनन्दित रहन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय मध्यम छ । चन्द्र ग्रह गोचरमा नवम स्थानमा रहेकाले आज सामाजिक तथा धार्मिक कार्यमा ध्यान दिँदा कार्य सफल हुन सक्छ। स्वास्थ्य सामान्य नै रहनेछ। आर्थिक तथा व्यवसायिक क्षेत्र सामान्य रुपमा अगाडि बढ्न सक्छ। पारिवारिक आनन्द कायम रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ। मन चन्चल तथा अशान्त रहन सक्छ। खर्चको मात्रा बढ्नुका साथै स्वास्थ्य पनि कमजोर रहन सक्छ। परिवार वा आफन्तसँग विवाद हुन सक्छ। चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहन आवश्यक छ। विद्यार्थीले पढाईमा ध्यान दिन आवश्यक छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छ। चन्द्र ग्रह सप्तम गोचरमा रहेकाले पति वा पत्नीबीच रहेको असमझदारी हटेर सम्बन्ध सुधार हुन सक्छ। साझेदारी कामबाट लाभ लिन सकिन्छ। व्यवसाय बढ्नुका साथै आम्दानी पनि बढ्न सक्छ। पढाईको क्षेत्र पनि आज राम्रो रहन्छ भने शेयर बजारबाट मध्यम लाभ लिन सकिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय राम्रो रहनेछ । स्वास्थ्य राम्रो र मन शान्त रहन सक्छ । सानो प्रयासले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जोश, जागर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ ।आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ । व्यवसाय पनि राम्रो हुन सक्छ। पठनपाठनमा सुधार हुनेछ। शेयर तथा अन्य आर्थिक कारोबारबाट नाफा लिन सकिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय हुन सक्छ भने विद्या, बुद्धिको विकास हुनेछ ।  पारिवारिक सहयोग प्राप्त हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । अनावश्यक विवादमा समय व्यतित हुन सक्छ।आज मानसिक तनाब बढ्न सक्छ भने खर्च पनि केहि मात्रामा बढ्न सक्छ। विद्यार्थीले पढाई बढी ध्यान दिनुपर्छ। आज व्यर्थको यात्रा वा भागदौड हुन सक्छ। आर्थिक कारोबार आज कम गर्दा राम्रो हुन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहन सक्छ। प्रशासनिक कामहरु आज बन्न सक्छन्। आफ्नो मानसम्मान तथा कीर्ति बढ्ने किसिमको काम गर्न सकिन्छ। दाजुभाई तथा सहकर्मीको सहयोग पनि मिल्न सक्छ। पारिवारिक क्षेत्र आज राम्रो रहन सक्छ। पढाईमा पनि आज ध्यान जान सक्छ। शेयर बजारबाट नाफा आर्जन गर्न सक्ने शुभ समय छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...