3pl Addiction Helpline America addictionhelplineamerica

बखान च्याम्पियन कपको उद्धाटन खेलमा नगर प्रहरी बिजयी

खबर चितवन

खबर चितवन

शारदानगर,१४ चैत । भरतपुर महानगरपालिका-१९ मा रहेको प्रस्तावित बखान मिनि रंगशाला शारदानगर खेल मैदानमा हिजो देखि सुरुवात भएको प्रथम बखान च्याम्पियन कपको उद्धाटन खेलमा चन्द्रनगर फुटबल क्ल्व भरतपुर-२० लाई २ गोल गर्दै नगर प्रहरी भरतपुरको टोलिले बिजयी हासिल गरेको हो।

No description available.

युवा तथा खेलकुद बिकास समिती,भरतपुर-१९ र शारदानगर भुतपुर्व सनिक कल्याणकारी सस्था भरतपुर-१९ को आयोजनामा भएको प्रतियोगिता चैत्र २० गते सम्म संचालन हुने छ।

No description available.

प्रतियोगिता, बागमती प्रदेश सभा सदस ज्ञानु जङ लामाले उद्द्घाटन गर्नुभएको हो। खेलको २५ औ मिनेटमा नगर प्रहरिका कप्तान मन बहादुर लामाले गोल गरेर अग्रता दिलाएका थिए। खेलको ६५ औ मिनेटमा गोल गर्दै आफ्नो टिमको लागि उत्कृष्ट खेल प्रदर्शन गरेका रचिन मगर प्येयर अफ दि म्याच चुनिए।

No description available.

प्रतियोगिताको क्याम्पियन हुने टोलिले नगद रु.१ लाख ११ हजार १ सय ११ सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छ्न भने उपबिजेता टोलि नगद रु.५५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र मात्र पाउने छन्। प्रतियोगिताको दोस्रो खेल र तेस्रो खेल १४ गते नै हुने भएको छ । यस्तै आज युवा तथा खेलकुद विकास समिति भरतपुर २४ र युवा तथा खेलकुद विकास समिति भरतपुर १९ बिच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो १ बजे बाट सुरु हुनेछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...