नवलपुरमा शक्तिशाली बेवारिसे बम भेटियो

खबर चितवन

खबर चितवन

नवलपुर,१३ चैत । नवलपुरमा बेवारिसे अबस्थामा बम फेला परेको छ। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.५ सर्दिस्थीत तालदेवी सामुदायिक वन भित्र बारीमा बेवारिसे अबस्थामा बम भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार आफ्ना बाबुनानीले जंगलमा बाख्रा चराउन जाँदा बमका गोला देखेका थिए ।

भारतीय सेनाका पूर्वसैनिकसमेत रहनुभएको सरामुका अनुसार ती ८१ एमएम मोर्टारका बम (गोला) हुन्। ती बम ५ हजार २ सय मिटर रेन्जका हुन् ।’५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरे ।

बम फेला परेको स्थानमा इलाका प्रहरी कार्यालय दुम्कीबास र सर्दीबाट प्रहरी पठाइएको छ। नेपाली सेनासँग पनि समन्वय गरिएको प्रहरीले जनाएको छ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...