चितवनमा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

खबर चितवन

खबर चितवन

चितवन,१३ चैत । चितवनको कालिका नगरपालिका–९ दोगाराका सिताराम थापाले पालेका सबै पशु मरेका छन् । हिजो आइतबार दिउँसो ३ बजेको समयमा पानी खुवाएपछि एक घण्टाभित्र सबै पशु मरेको कालिका नगरपालिकाका पशु सेवा शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार पानी खाने वित्तिकै पशुहरु काम्न थालेका थिए । त्यसको केहि बेरमै पशुहरु मरेका हुन् ।

पानीमा विष मिसिएको हुन सक्ने आशंका गरिएको पौडेलले बताए । पशुको पोष्टमार्टम रिपोर्टबाट कारण नखुलेपछि नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाउने तयारी भएको उनले बताए । ‘बिहानदेखिको कुँढोमा धाराको पानी हालेर दिउँसो ३ बजेतिर सबै पशुलाई दिनुभएको रहेछ । त्यसको एक घण्टाभित्रै सबै पशु मरेछन् ।

किसान थापाले पालेका एउटा ब्याउने भैंसी, एउटा ठूलो गाई, तीन माउ बाख्रा र दुई वटा खसि मरेका हुन् । पानी खाएपछि सबै पशुको पेट फुलेको थियो । त्यसपछि सबै पशु फिज काट्दै मरेका थिए । घटनाको बिषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । तस्बिरः दिपक खड्का

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...