काठमाडौं,१३ चैत । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। टोखामा शनिबार आफुलाई कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्। गायक दुर्गेशले आफू भोलि प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन् ।
दुर्गेश उपस्थित भएपछि आरोपित र उनीसित छलफल गरी थप प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।थापासहित तीन जनाको समूहले पिटेको क्षेत्रीले उजुरीमा उल्लेख गरेका छन् । क्षेत्रीले आफ्नो सिक्रीसमेत हराएको आरोप लगाएका छन्।
Post Views: 204
Discussion about this post