काठमाण्डाै,१३ चैत । गएराति बाजुरामा भूकम्प गएको छ । राति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । पछिल्लो समय बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातारजसो भूकम्प गइरहेको छ । यसअघि गएको फागुनको १० गते ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।
Post Views: 839
Discussion about this post