काठमाडौं,१२ चैत । लगातार उकालो लागेको सुनको भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ ।
गत शुक्रबार छापावाल सुन एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबा भइरहेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Post Views: 963
Discussion about this post