भरतपुर,१२ चैत । मुग्लिन–नारायणयढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ घुमाउनेमा नेपाली सेनाको ट्रक पल्टिएको छ।
भैरवनाथ गण काठमाडाैंको लु.१ग १०९ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा सोही ट्रकमा सवार १४ जनामध्ये तीजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार ट्रक चालक नेपाली सेनाको अमल्दार कृष्ण प्याकुरेल (३३ वर्ष), जम्दार उत्तम कार्की ( ३९ वर्ष) र अमल्दार केआई सिंह ( वर्ष ३२) का घाइते छन्।
उनीहरूलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकाे छ।
दुर्घटनाका कारण उक्त स्थानमा एकतर्फ मात्र यातायात सञ्चालनमा छन्। पल्टीको ट्रक पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। ट्रक काठमाडौंबाट बाराका लागि हिँडेको थियो।
Post Views: 259
Discussion about this post