नेपाल वायुसेवा र एयर इन्डियाको जहाज आकाशमा झण्डै ठोक्किए

खबर चितवन

खबर चितवन

काठमाडौं,१२ चैत । गत शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इण्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएका छन्। १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो

एटीसीको अनुमति बिना १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग ठोक्किन लागेको थियो ।

एयर इण्डियाको जहाज एक्कासी तल आएपछि दुबै जहाजको ककपिटमा रहेको ‘ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम’ (टिकास)ले सचेत गराएको थियो । टिकासले अर्को जहाज नजिक आएपछि सचेत गराउने काम गर्छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एयर इन्डियाको जहाजलाई १९ हजार फिट दिएको र नेपाल एयरलाइन्सको जहाजलाई १८ हजार फिट दिएको बताउँदै भने, ‘तर नेपाल एयरलाइन्सको जहाजलाई १५ हजारको फिटमा झारियो । दिल्लीबाट काठमाडौं आएको एयर इण्डियाको जहाज एटीसीको सम्पर्कमा नआएर सिधै १५ हजार फिटमा झर्यो । दुई वटा जहाजको बिचमा भर्टिकल सेपरेशन चाहिँ एक हजार फिटको हुनुपर्छ । नेपाल एयरलाइन्सको जहाज पनि १५ हजार फिटमा, एयर इण्डिया पनि १६ हजार भन्दा तल्ला झन् थालेपछि नेपाल एयरलाइन्सको जहाजको ‘टिकास’मा अलर्ट आयो । नेपाल एयरलाइन्सको जहाजको पाइलटले एटीसीलाई रिपोर्ट गर्यो । रिपोर्ट गरेपछि नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार पाँच सय फिटमा झार्न लगाइयो ।’

यस घटनालाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरेको छ । शुक्रबार बिहान आकाशमा नेपाल वायुसेवा निगमको जहाज र एयर इन्डियाको जहाज झन्डै ठोक्किन पुगेको घटनामा प्राधिकरणले तीन जना एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही गरेको प्राधिकरणले जनाएको हो ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...