3pl Addiction Helpline America addictionhelplineamerica

मगर सांस्कृतिक संघको अधिवेशन सिराइचुलीमा अध्यक्षमा पुनः प्रेमकुमारी आले चयन

खबर चितवन

खबर चितवन

चितवन,११ चैत । नेपाल मगर सांस्कृतिक संघ, चितवनले संस्थाको तेस्रो जिल्ला अधिवेशन चितवनकै सबैभन्दा अग्लो पहाड सिराइचुलीमा सम्पन्न गरेको छ। इच्छाकामना–१ मा पर्ने सिराइचुली डाँडाबाट आगामी तीन वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो।

शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः प्रेमकुमारी आलेमगरलाई सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा निश्चल थापामगर, सचिवमा प्रकाश थापामगर, कोषाध्यक्षमा लीला थापामगर र सह–सचिवमा सविता थापामगर चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा भने ललिता थापामगर, कमला थापामगर, आशिका थापामगर, सुनिता थापामगर, जानुका थापामगर र बबिता थापामगर चयन भएका छन्। हाललाई ११ सदस्यीय कार्यसमिति मात्रै चयन गरिएको हुँदा दुई सदस्य पछि थप गरी १३ सदस्यीय कार्यसमिति बनाउने नवनिर्वाचित अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन्।

No description available.

मगर समुदायमा प्रचलित लोक संस्कृति संरक्षणको लागि नेपाल मगर सांस्कृतिक संघको स्थापना भएको हो। यो संस्थाले मगर समुदायमा प्रचलित कौराहा, सालैजो, झ्याउरेलगायतका सांस्कृतिक पहिचानलाई जीवित राख्ने प्रयास गर्दै आइरहेको छ।

कार्यक्रममा नेपाल मगर संघ, बागमती प्रदेशका मुख्य सचिव मिलन थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय सदस्य चित्र ‘सोल्टी’ गुरूङ, फोनिज चितवनका अध्यक्ष रमेश रानामगर, नेपाल मगर विद्यार्थी संघ, चितवनका अध्यक्ष कुमार सिंजालीमगरलगायतको उपस्थिति थियो।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...