3pl Addiction Helpline America addictionhelplineamerica

भरतपुर विमानस्थलमा आधुनिक टर्मिनल भवन निर्माण हुने

खबर चितवन

खबर चितवन

चितवन,११ चैत । चितवनको भरतपुर विमानस्थलमा सुविधा सम्पन्न आधुनिक टर्मिनल भवन निमार्ण हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले टर्मिलन भवन पुरानो भइसकेको र यात्रुको चापु थेग्न नसक्ने भएपछि नयाँ टर्मिलन भवन निर्माण गर्न लागेको हो। २२ वर्ष अगाडि बनेको टर्मिनल भवन पुरानो भइसकेको छ।

टर्मिनल भवन निर्माणका लागि प्राधिकरणले सोमबार मात्रै निर्माण कम्पनीसँग सम्झौता गरेको हो। प्राधिकरणले  करबाहेक १ अर्ब ७० करोड रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरेको हो। निर्माण कम्पनीले ३ वर्षभित्र भवन निर्माण गरिसक्नु पर्ने गरी सम्झौता गरेको हो।

निर्माणको जिम्मा केसी क्षमा देवी प्रतिष्ठा जेवीले पाएको छ। विमानस्थलमा सिवानी एयरको ह्याङगर रहेको ठाउँमा टर्मिनल भवन निर्माण हुने छ। ४ हजार ८ सय स्क्वायर मिटर क्षेत्रफलमा २ तले भवन निर्माण हुने छ। टर्मिनल भवनको कुल स्पेस भने ८ हजार स्क्वायर वर्ग मिटरभन्दा बढी हुने छ। भवनको शिलान्यास केही दिनभित्रै गर्ने तयारीसमेत भएको छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...