3pl Addiction Helpline America addictionhelplineamerica

फिल्म ‘नाईं नभन्नू ल ६’को शीर्ष गीत सार्वजनिक

खबर चितवन

खबर चितवन

messenger sharing button
linkedin sharing button

काठमाडौं,११ चैत । फिल्म ‘नाईं नभन्नू ल ६’ले ‘तिम्रो आँखामा आँखा जुधाइ’ बोलको गीत सार्वजनिक गरेको छ । निर्माण टिमले अघिल्लो शृंखलामा रहेको महिला स्वरलाई समसामयिक परिवर्तन गर्दै पुरुष स्वरमा सार्वजनिक गरेको हो । शुक्रबार युट्युबमा सार्वजनिक गीतमा गायक प्रताप दासको स्वर छ । फिमेल भर्सनमा भने मेलिना राईको स्वर थियो । यद्यपि, मेल भर्सनको गीतको केही हरफ परिवर्तन गरिएको छ भने संगीत पनि फिमेल भर्सनभन्दा फरक छ ।

बसन्त सापकोटाको संगीत रहेको गीतको शब्द रचना विकासराज आचार्य, दिनेश थपलिया, प्रभा आचार्य र संगीतकार सापकोटाको हो । गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्र आशिर्वाद क्षेत्री र आँचल शर्माले लोभलाग्दो नृत्य प्रस्तुत गरेका छन् ।  युट्युबमा गीत रिलिजसँगै दर्शकबाट सकारात्मक प्रतिक्रियाको ओइरो लागेको छ ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...