3pl Addiction Helpline America addictionhelplineamerica

वरिष्ठ अभिनेता हरिवंश आचार्यको गीत ‘काउली’ युट्युबको पहिलो नम्बरमा

खबर चितवन

खबर चितवन

काठमाडौं,१० चैत । चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’ले झन्डै दुई साता युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा कब्जा जमायो ।

अबभने यो गीत ट्रेन्डिङ एकबाट पछाडि झरेको छ ।यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा अर्को नेपाली गीत आएको छ ।वरिष्ठ अभिनेता हरिवंश आचार्यको गीत ‘काउली’ युट्युबको पहिलो नम्बरमा उक्लिएको हो ।

६ दिनअघि सार्वजनिक यस गीतमा हरिवंश र लोकदोहोरी गायिका शान्तीश्री परियारको स्वर छ ।हरिवंशकै शब्द र संगीत रहेको लोक लयमा आधारित गीतलाई श्यामश्वेत रसाईलीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा हरिवंश स्वयंले अभिनय गरेका छन् । उनीसँगै प्रकाश सपुत र प्रियंका कार्कीको अभिनय भिडियोमा हेर्न सकिन्छ ।प्रकाश र प्रियंकाले पहिलोपटक म्युजिक भिडियोमा सहकार्य गरेका हुन् ।

रमाइलो खालको गीतको भिडियोमा चेलीबेटी बेचबिखन विरुद्धको सन्देशसमेत दिन खोजिएको छ ।भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने निर्देशन सरोज ओलीले गरेका छन् ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियो बनिश शाहको सम्पादनपछि सार्वजनिक गरिएको हो । भिडियोले बिहीवारसम्म युट्युबमा १८ लाख प्लस​ भ्युज पाइसकेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...