चितवन,१० चैत । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राइनो कजेटमा निर्माणसम्बन्धी काम गर्ने एक जना नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुासर बर्दिया जिल्लाको बारवर्दिया नगरपालिका वडा नं ९ स्थायी ठेगाना भएका १९ वर्षीय राजेश चौधरी स्थानीय राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
सोही कजेटमा कन्स्ट्रक्सनकै काम गर्ने वर्ष १९ कै सुन्दर चौधरीको भने सकुशल उद्दार गरिएको छ । पौडी खेल्ने क्रममा एक्जना डुबेर बेपत्ता भएको र एक् जनाको सकुशल उद्दार गरिएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिव्यनगर र वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् उद्दारसहितको टोली खटिई बेपत्ता राजेशको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Post Views: 145
Discussion about this post