चौकीडाँडा,१० चैत । सफारी पर्यटनमा चिरपरिचित चितवनमा अब प्याराग्लाइडिङ उडान हुने भएको छ । हवाई साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ २०८० बैशाख १ गतेदेखि शुरु गर्ने गरी तयारी अगाडि बढाइएको छ ।
चितवनको भरतपुर महानगरपालिका -२९, चौकीडाँडा र कविलासबाट प्याराग्लाइडिङ उडानको सफल परीक्षण भैसकेको छ । बैशाखबाट व्यावसायिक उडान गर्ने गरी हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले पर्यटन विभागबाट अनुमति लिइसकेको छ ।
चौकीडाँडामा रिसोर्ट र प्याराग्लाडिङ्गका लागि ७० करोड खर्च लाग्ने अनुमान छ । कम्पनीका अध्यक्ष विजय घलेले चितवनमा जंगल सफारी पर्यटनको साथसाथै अब साहसिक पर्यटनको अर्को ‘ आइटम ’ का रुपमा रहेको प्याराग्लाइडिङ थप हुने बताउनु भयाे
Post Views: 1,301
Discussion about this post