क्रिकेटका मुख्य प्रशिक्षक देसाईको मासिक तलब १५ लाख ८४ हजार हुने

खबर चितवन

खबर चितवन

काठमाडौं,१० चैत । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक २ हजार डलरले बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक वृद्धि गर्दै १२ हजार अमेरिकी डलर पुर्‍याइएको हो ।

अब उनले मासिक नेपाली १५ लाख ८४ हजारको हाराहारीमा तलब बुझ्नेछन् । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सम्झौताअनुसार पारिश्रमिक बढाइएको बताए ।

उनले भने, ‘सम्झौतापत्रमै पारिश्रमिक वृद्धि गर्ने भनिएको थियो । उनले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्‍याएमा तलब वृद्धि गर्ने सम्झौता थियो । त्यहीअनुसार तलब बढेको हो ।’

मुख्य प्रशिक्षक देसाईको प्रशिक्षणमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको थियो । त्यस्तै, नेपालले लिग टुबाटै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउन सफल भएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...