3pl

विज्ञापनमा बोलेको आवाजले करिश्माको आलोचना

खबर चितवन

खबर चितवन

काठमाडौँ,८ चैत । पछिल्लो समय चर्चा र विवादमा आइरहेकी अभिनेत्री करिश्मा मानन्धर फेरि चर्चामा छिन्। कारण हो सोलार हिटरसम्बन्धी विज्ञापन।

उमेर छिप्पिइसक्दा पनि आफूलाई सानै उमेरको जस्तो देखाउन सक्ने उनको खुबी हो। अर्कोतर्फ लामो समयदेखि सिने जगतमा अभिनय गरेर सफलता पाएकी छिन्। लामो समय फिल्ममा काम गरेकी करिश्मालाई भने पछिल्लो विज्ञापनले तालीभन्दा गाली दिइरहेको छ।

करिश्माले ‘बोस’ कम्पनीको सोलार हिटरसम्बन्धी एक विज्ञापनमा हालै अभिनय गरेकी छिन्। सोही विज्ञापन उनले आफ्नो पेजमा पनि शेयर गरेकी छिन्। विज्ञापनमा करिश्माको अभिनय र संवादलाई लिएर आलोचना भइरहेको छ।

भिडियो हेर्दा, करिश्माको संवाद उदेकलाग्दो छ । उनले, जुन तरिकाले संवाद बोलेकी छिन् त्यो सुन्दा हाँसो लाग्छ ।

कतिपयले त्याे विज्ञापनमा करिश्मालाई नसुहाउने भन्दै प्रश्न तेर्साएका छन्। कतिपयले भने उनको शैली र संवाद अशोभनीय भन्दै आलोचना गरिरहेका छन्।

उनको पोस्टमा आएका अधिकांश कमेन्टमा अभिनय र प्राविधिक पक्षलाई प्रश्न उठाइएको छ। कतिपयले ओभर एक्टिङ भएको भन्दै मजाक उडाइरहेका छन्।

नेपाली फिल्म क्षेत्रमा ‘महानायिका’को समेत उपाधि पाएकी करिश्माको यस्तो फितलो संवाद बोल्ने शैलीले उनकै मजाक बनाइरहेको छ । करिश्माले अब यस्तो बिषयमा ध्यान दिन आवश्यक छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...