3pl Addiction Helpline America addictionhelplineamerica

परशुराम कुण्डमा स्नान सुरु, कुण्डसम्म जाने बाटो निर्माण

खबर चितवन

खबर चितवन

चितवन,८ चैत ।  चितवनको माडी १ स्थित परशुराम कुण्डमा मंगलबारदेखी स्नान सुरु भएको छ । विशेषगरी चैते दशैं एवं रामनवमीका अवसरमा स्नान गरिने धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको परशुराम कुण्डमा औंसीदेखी स्नान सुरु भएको हो ।

मंगलबार कुण्डसम्म जाने सम्म जाने गोरेटो बाटो तथा कुण्ड सरसफाई गरिएको गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुल सिंङ गुरुङले जानकारी दिनुभयो ।

कुण्डसम्म जान खोला एवं चारकोसे झाडी पार गर्नुपर्ने भएकाले श्रद्धालु भक्तजनलाई सहजरुपमा जान आउन मिल्नेगरी झाडी सरसफाई एवं गारेटो मर्मत गरिएको उहाँले बताउनुभयो ।
सरसफाईमा स्थानीयबासी, वडा सञ्जाल, टोलविकास, समूह एवं युवा कल्बले सहयोग गरेका थिए ।
विगत २ वर्षदेखी कोभिडको प्रभावका कारण कुण्डसम्म आउजाउमा रोक लगाइएका कारण गोरेटा बाटो समेत भत्किएको थियो । झाडी र पहिरोले पुरिएको स्थान एवं कुण्ड सरसफाई गरिएको गोद्धक क्षेत्र विकास संस्थाका सदस्य रामजी सापकोटाले बताउनुभयो ।

गोद्धकमा यहि चैत्र १३ गतेदेखी १७ गतेसम्म भव्य गोद्धक राम चरित्रकथा यज्ञ हँुदै छ । प्रखरवाचक व्यासआचार्य गुरु चैतन्यकृष्णको मुखारविन्दबाट संगीतमय राम कथा वाचन हुने यज्ञ सम्पादन समितिका संयोजक भरत तिमिल्सेनाले जानकारी दिनुभयो ।

यज्ञसँगै गोद्धक मेलामा विभिन्न स्टल सहित खेलकुदका पिङहरु, हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता हुने संस्थाका सचिव गंगा भुषालले जानकारी दिनुभयो ।

प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आÇनै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ ।


ठूलो धार्मिक महत्त्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ ।
परशुराम कुण्ड बस्तीदेखी करिब ४ किलोमिटर जंगलभित्र चितवन राष्ट्रिय निकुञ्जमा पर्छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...