नवलपरासी,८ चैत । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । देवचुली वडा नं १० मा रहेको महाराजा सामुदायिक वनबाट घाँस काटेर फर्किदै गरेकी महिलालाई दिउँसो साढे ३ बजे गैंडाले आक्रमण गरेको हो ।
देवचुली नगरपालिका वडा न १० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीय दरिमा थापा मगरलाई दिउँसो २ बजेतिर आक्रमण गरेको देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए ।
घाईते भएकी थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको देवचुली १० का अध्यक्ष मगरले जानकारी दिए ।
Post Views: 212
Discussion about this post